कास्की–१ को (क)मा ६ दल र ३ स्वतन्त्रसहित ९ को उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ को (क)मा ९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यका लागि कास्की–१ को (क)मा ६ दल र ३ स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दिएका हुन् ।

कास्की–१ को (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दीपक कोईराला र एमालेका खगराज अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, जनमत पार्टीका अनिता कुमाल, राप्रपाका बाबुराम थापा, हाम्रो नेपाल पार्टीका मदनबहादुर केसी र जसपाका रामकाजी चर्माकारले उम्मेदवारी दिएका छन् ।

यसैगरी, स्वतन्त्रबाट पोखरा–३१ का नवराज पौडेल, पोखरा–३१ कै भरतराज तिवारी र पोखरा–२७ का विश्वराज पौडेलले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।