कास्की–१ को (ख)मा ८ दलका ८ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ को (ख)मा ८ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यका लागि कास्की–१ को (ख)मा ८ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

कास्की–१ को (ख)मा ठूला दलतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ (श्याम)ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, साना दलहरु मंगोल नेसनल अर्गनाईजेसनका ख्यामबहादुर गुरुङ, नेकपा माओवादी समाजवादीकी गौमति गुरुङ, राप्रपा नेपालकी दिलमाया मुक्तान, राप्रपाका महेन्द्रबहादुर कार्की, हाम्रो नेपाल पार्टीका महेश श्रेष्ठ र जसपाका हर्कबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।