कास्की–३ को (क) मा ७ दल र ३ स्वतन्त्र गरी १० को उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




कास्की–३ को (क) मा १० जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको निर्वाचनमा यस क्षेत्रमा ७ दल र ३ स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका हुन् ।

कास्की–३ को (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, राप्रपाका केदारनाथ पौडेल, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिना, जसपाका जगतबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसनका जीवनबहादुर गुरुङ र आमूल परिवर्तन मसिहा पार्टीका मोतीलाल परियारले उम्मेदवारी दिएका छन् ।

यसैगरी, स्वतन्त्रबाट पोखरा–१९ का कोमलप्रसाद शर्मा बास्तोला, पोखरा–१ का चन्द्रबहादुर गुरुङ र कास्की माछापुच्छ«ेका लिलाधर ढकालले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।