प्रकट पंगेनी ‘शिव’लाई गीतकार सम्मान


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पंगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ।

प्रतिष्ठानले आफ्नो दोस्रो साधारणसभाका अवसरमा पंगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी २ गीत संग्रह प्रकाशित छन्। यसका अलावा प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन्। ३० को दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा…, वर ढले पीपल एक्लै… लगायत दर्जनौँ गीतहरु चर्चित छन्।

पंगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू संचालन गर्दै आएको छ। सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाई छ। २०७७ मा स्थापित प्रतिष्ठानले यसअघि गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन कार्यक्रम गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।