राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छ।
एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले जनाएको छ।
प्रतिनिधिसभातर्फ कास्की– १ मा डा. सूर्यबहादुर गुरुङ, प्रदेश सभा ‘क’मा बाबुराम थापा र ‘ख’मा डा. महेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन्।
यस्तै, कास्की–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश सभा ‘क’मा विजयबहादुर भण्डारी र ‘ख’मा अरुण गिरीले उम्मेदवारी दिएका छन्।
यस्तै, कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि जगतप्रसाद सुवेदी, प्रदेशसभा ‘कֺ’मा केदारनाथ अधिकारी र ‘ख’मा हरिराम भण्डारीले उम्मेदवारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





