विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन आज कपिलवस्तुको शिवगढीमा


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन आज (मंगलबार) कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ।

काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो। कपिलवस्तु चन्दको गृह जिल्लासमेत पर्दछ।

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने कार्यक्रम छ। दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । सो महाधिवेसनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु पुग्दैछन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्दले सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए। ३ वर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भएको छ।

पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसीरमा हुन गइरहेको निर्वाचनवारे पार्टील कस्तो धारणा बनाउँछ भनेर महाधिवेशनलाई चासोको रूपमा हेरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।