महिला ह्याण्डबलमा कर्णालीको जित


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिल ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ। समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो। कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५÷५ स्कोर गरे।

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ। मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो। कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।