सत्ता गठबन्धनको बैठक बस्दै


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिए ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ ।बैठकमा जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुनेछ ।

यस्तै, सहमति विपरित सत्ता गठबन्धन भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनबीच छलफल हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।