सृजना विकास केन्द्र ४३ औं वर्षमा


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




पोखराको सृजना विकास केन्द्र ४३ औं वर्षमा प्रवेश गरेको छ । सामाजिक संस्थाका रुपमा स्थापित सृजना विकास केन्द्र मंगलबारदेखि ४३ औं वर्षमा प्रवेश गरेको हो । संस्थाको वार्षिकोत्सवको मंगलबार मानव सेवा आश्रममा सहयोग गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।

२०३७ सालमा स्थापित संस्थाले सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पस, सृजना लघुवित्तको स्थापनासहित सृजना बालगृह, सृजना खानेपानी परियोजनासहित शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका सामाजिक कार्य गर्दै आएको सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार हरिप्रसाद बराल, राजकुमार गिरी, बिरेन्द्रनारायण बिजुक्छे, परशुराम बराल, निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्णमान ठूसाजु, आश्रमका अध्यक्ष विष्णुप्रसाद बराल, उपाध्यक्ष मदन थापा, महासचिव विश्व श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा सुशान्त पौडेलको जन्म दिनको अवसर परेकाले फलफुलपनि वितरण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।