नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।
समूह ‘बी’ को प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीले प्रदेश–१ माथि २९–२४ ले जित निकालेको हो। जितसँगै लुम्बिनीले महत्वपूर्ण ३ अंक बटुल्न सफल बनेको छ। लुम्बिनीका शरण थापाले सर्वाधिक १५ गोल गरे।
पहिलो खेलमा लुम्बिनीले विभागीय सशस्त्रको एपीएफसँग ३६–१३ ले हार व्यहोरेको थियो। प्रदेश–१ भने जितविहीन बनेको छ। प्रदेश–१ ले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग २९–१५ ले हार व्यहोरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







