अवरुद्व सडक खुलाउने प्रयास


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित





तनहुँ । तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृङ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा हिजोदेखि सडक खुल्ने कार्य अघि बढाइएको हो ।

गत मङ्गलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हँुदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हँुदै आएका छन् ।

सडक मर्मत गर्नुपरेकाले आजदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधरणका लागि आवतजावत बन्द गरिएको छ । जिल्लाको भीमाद हँुदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिएपछि गत मङ्गलबारदेखि तनहुँसहित चार जिल्लाका सर्वसाधारणको आवागमन ठप्प हँुदै आएको छ ।

चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि दूर्बतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पु¥याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।