आज अंग्रेजी महिनाको १३ तारिक अर्थात विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस ।
आजको दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
हरेक वर्षको अक्टोबर १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिएका हो।
सन् १९८९ को राष्ट्रसंघको साधारण सभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो। नेपालमा पनि बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण बर्षेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ।
२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए। त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो। मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ। नेपालमा बेलालामा बाढी, पहिरो, हिम पहिरो तथा भूकम्पको जोखिममा पर्दछ ।
भूकम्पको हिसाबले नेपाल विश्वकै ११ औं तथा बाढी, पहिरोलगायतका प्रकोपका हिसाबले ३० औं ठाउँमा छ। नेपालको पहाडी भाग पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्र बाढी, खडेरी, आगलागीको जोखिममा पर्दछ। विपद्ले मानवीय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







