आज विश्व दृष्टि दिवस पनि


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस।

हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइँदै आएको छ। मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ यो नेपाल लगायत विश्वभर यो दिवस मनाउँदै आएको छ।

वर्ष २०२२ मा विश्व दृष्टि दिवस को डिजिटल सन्देश ‘Love your eyes’ अर्थात ‘आफ्नो आँखालाई माया गरौ’ँ भन्ने छ। त्यस्तै, यस वर्ष Everyone counts अर्थात ‘सबै जनाको महत्व छ’ नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आइएपीवी)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको हो।

अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गै¥हसरकारी संस्थाहरुको छाता संगठन (आइएपीवी) को नेपाल पनि एक सदस्य राष्ट्र हो। विश्वका करिब २ अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब ४ करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ।

विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिएपनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।

नेपालमा एक लाख मानिस दृष्टिीविहिन छन् अनुमान छ भने १० लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसित छन्। जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन्।

विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ। मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन् । त्यसतै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।