अग्रजले देखेका सपना पुरा गर्नु सच्चा सम्मानः विद्या भट्टराई


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताएकी छन्।

नेकपा एमाले पोखरा–१७ द्धारा मुस्ताङचोकमा बुधबार आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्रबहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उनले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनीय योगदान रहेको स्पष्ट पारिन्।

मुलुकको प्रजातान्त्रिक आन्दोलनसँगै नेपालमा कम्युनिष्ट पार्टीको ंस्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पूरा गर्न सवै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उनको जोड थियो।

नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गरे।

त्यसअघि, पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन, लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरे।

पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवं विकास निर्माण पु¥याएको योगदानवारेमा चर्चा गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।