सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




जबरजस्ती करणी आरोपमा प्रहरी हिरासतमा रहेका पुर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ ।

सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो ।

गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छिन् । किशोरीले गएको भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।