हक्कीमा आर्मीद्धारा जित सुरुवात


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




पोखरा । नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा जारी पहिलो पुरुष हक्की खेलमा नेपाल आर्मीले जित शुरुवात गरेको छ ।

प्रतियोगिताको उदघाटनको पहिलो खेलमा त्रिभुवन आमीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाएका हुन् ।

त्यसैगरि ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाएका थिए । मैदान ढिलो तयार हुदाँ प्रतियोगिताको उदघाटन पनि ढिला गरि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।

प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उनले भने, “खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ,विगतको जस्तो निराश हुने अवस्था छैन ।”

उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिएका थिए ।

प्रतियोगिताको उद्धघाटन खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ विच प्रतिस्पर्धा हुने खेल तालिका भएपनि कार्यक्रम ढिला सुरु भएकोले तेस्रो खेल अन्तर्गत गण्डकी र आर्मीविच खेल भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।