अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थीले संयुक्त निर्वाचन परिचालन संयन्त्र बनाउँदै


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनले संयुक्त निर्वाचन परिचालन समिति बनाउने भएका छन्।

बुधवार बसेको दुई विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो।

मंसीर ४ को निर्वाचनलक्षित प्रत्येक संघ र प्रदेशको निर्वाचन परिचालनका निम्ति स्थानीय तहसम्मकै निर्वाचन परिचालन संयन्त्र निर्माण गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्र र समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनमा एउटै चुनाव चिह्न, एउटै घोषणापत्र र एउटै समानुपातिक बन्द सूचीसहित सहभागी हुने सहमति गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।