पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि कब्बडी प्रतियोगिता शुरु हुने भएको छ । पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा प्रतिष्पर्धा शुरु हुने भएको हो ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश र तीन विभागिय गरि १० टिमले महिला÷पुरुष विधामा सहभागिता जनाउने छन् ।
प्रतियोगिता अन्र्तगत आइतबार बिहान ९ बजेबाट महिला र पुरुषतर्फ २–२ टोलीविच प्रतिस्पर्धा हुने छ । भने दिउँसो २ बजेपछि महिला तथा पुरुषको ३–३ समुहविच खेल खेलाइने गरि तालिका मिलाइएको छ
प्रतियोगितामा महिला तथा पुरुष गरि १० वटा समुहका २४० जना खेलाडी पोखरामा छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







