आज विश्व खाद्य दिवस


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




आज अंग्रेजी अक्टुबर महिनाको १६ तारिक अर्थात विश्व खाद्य दिवस।

हरेक वर्षको अक्टुबर १६ तारिकका दिन खाद्यसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरी नेपाल लगायत विश्वभर खाद्य दिवस मनाइँदै आएको छ।

सन् १९७९ देखि सुरु गरिएको विश्व खाद्य दिवस नेपालले मनाउन थालेको ४ दशक नाघेको छ। संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै हरेक वर्षको अक्टोवर १६ को दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ।

विश्व खाद्य तथा कृषि अनाजका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्य संकट हो। थोरै जमिनमा पनि मौसम तथा बेमौसमी खेती गरी धेरै उत्पादन गर्न सकिन्छ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौँ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेकाछौँ । ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भएपनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिमा परिवर्तनको आवश्यकता महसुस गरिदैंछ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो। तर, अहिले नेपालले अर्बौ रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।