सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैं


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैंछन्।

सत्तारुढ गठबन्धनले काठमाडौँमा आज (आइतबार) प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। उनका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ। कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।