गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ।
हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ।
यसैगरी बागमती प्रदेशले ६ स्वर्ण, छ रजत र २ कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको (एपीएफ) ४ स्वर्ण, ६ रजत र ९ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ। आयोजक गण्डकी प्रदेशले हालसम्म २ स्वर्ण, २ रजत र ६ कास्यसहित १० पदक जितेको छ।
यसैगरी, नेपाल प्रहरीले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक तथा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र ३ कास्यसहित ४ पदक जितेको छ। लुम्बिनी प्रदेशले ४ रजत, एनआरएनएले १ रजत र प्रदेश नं १ ले ५ कास्य पदक जितेका छन्।
प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन्।
नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो। प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ। कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो। गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन्।
कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







