पोखरा, असोज ३०
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यू भएको छ । पोखराको सराङ्कोट क्षेत्रमा भएको प्याराग्लाईडिङ प्रतियोगितामा सहभागि खेलाडी निशिम थापा मगरको मृत्यू भएको हो । मृतक थापामगर नेपाली सेनाको त्रिभूवन आर्मी क्लवका खेलाडी हुन् ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रि स्पर्धामा प्रतिष्पर्धी थापा मगर उडेको केहि समयमै दुर्घटनामा परेका थिए । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । ‘उडान लगत्तै उनको प्याराग्लाइडिङ हेर्दाहेर्दै झ¥यो, एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खसेर घाईते भए । उनको घटनास्थलमै मृत्यू भयो ।’
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङ गर्दै आएका निशिम पोखरा–१० मा अस्थायी रुपमा बस्दै आएका थिए । उनको स्थायी घर भने गोरखा पालुङटार हो । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् ।
अहिले उनको शव पोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा राखिएको छ । उनको मृत्यूसँगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलहरु रद्ध गरिएको आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







