पोखरा । बगर भाईखलकले अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, कास्की जिल्ला अध्यक्ष उज्जवल रञ्जीत लगायत एन्फा केन्द्रिय सदस्यहरुलाई पोखरामा स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
सो अवसरमा संस्थाले सञ्चालन गरेको ग्रास रुट फुटबल प्रशिक्षण केन्द्रको अवलोकन गराएको छ ।
उक्त प्रशिक्षण केन्द्रको अवलोकनपछि बोल्दै एन्फा अध्यक्ष नेम्वाङले यसलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे । उनले फुटबलको विकासको लागि बगर भाइखलकले गरेको कामको खुलेर प्रंशसा गर्दैै आवश्वश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा एन्फाका निवर्तमान उपाध्यक्ष श्रीकृष्ण थापा, भाईखलकका बरिस्ठ सल्लाहकार दिनेस श्रेष्ठ , पूर्व राष्ट्रिय हेण्डबल खेलाडी, गण्डकी प्रदेश हेन्डबल टीम म्यानेजर एवं सल्लाहकार राम बहादुर गुरुङ , सचिव मनकाजी गुरुङ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







