निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित




पोखरा । प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दुःख व्यक्त गरेको छ ।

नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन भएका निसिम दिवंगत आत्माको चिर शान्तीको कामनाका साथै श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

im


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।