फाइल तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ।
असोज ३१ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डी प्रतियोगितामा मंगलबारपनि महिला तथा पुरुष विधामा लिग चरणका ६÷६ खेलहरु हुँदै छन् ।
जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लव र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेलमा बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् ।
यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र मधेश प्रदेश, त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश र अन्तिम खेलमा नेपाल प्रहरी क्लव र गण्डकी प्रदेशका विचमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए ।
यसअघि, सोमबार भएको प्रतियोगितामा पुरुषतर्फ बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका थिए ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका थिए ।
लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात प्रदेश र ३ वटा विभागिय गरि १० टिमको महिला तथा पुरुष दुवै समुहमा सहभागिता रहेको छ ।
जस अन्र्तगत समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।
महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई विभाजन गरिएको छ ।
प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







