राष्ट्रिय खेलकुद: पुरुष फुटबलको सेमिफाइनल आज

- आर्मीविरुद्ध गण्डकी, एपीएफविरुद्ध सुदूरपश्चिम खेल्दै


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मंगलबार) पुरुष फुटबल सेमिफाइनलका खेलहरु हुँदैछन्।

पहिलो सेमिफाइनलमा आज दिउँसो साँढे १२ बजे घरेलु गण्डकीविरुद्ध विभागीय आर्मीले खेल्दैछ।

त्यस्तै, आज दिउँसो ३ बजे विभागीय एपीएफसँग सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछ।

४ समूहमा विभाजित गण्डकी, आर्मी, एपीएफ र सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनल खेल्न लागेको हो। गण्डकी समूह ए, आर्मी समूह बी, एपीएफ समूह सी र सुदूरपश्चिम समूह डी बाट विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।

समूह ए, बी र सी मा ३ टिम तथा समूह डी मा २ टिममात्र समावेश थियो। समूह डी मा सुदूरपश्चिम र कर्णाली थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।