नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ।
आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।
एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्यसहित १६ पदकसहित दोस्रो र एपीएफ ३ स्वर्ण, ४ रजत र ६ कास्यसहित १३ पदक सहित तेस्रो बन्यो।
अन्तिम दिन आर्मीले ४ स्वर्ण पदक जितेको छ। आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइलमा दुवाना लामाले स्वर्ण जितेकी छन्।
उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पूरा गरिन्। उक्त स्पर्धामा पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जितिन्। त्यसैगरी, बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन्।
त्यसैगरी, पुरुष ४ सय मिटर आइएम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते। उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमानसमेत राखेका छन्। प्रदेश–१ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते भने एपीएफका सुरेनबहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते।
त्यसैगरी, महिला १ मिटर बेष्टस्टोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्। उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन्। आर्मीकै उपास्ती मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन्। नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन्।
मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश–१ का विकास कुमालले स्वर्ण जितेका छन्। उनले १ मिनेट ७.९३ सकेण्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते। त्यसैगरी, आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनएका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते।
अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाइमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते। उनले यो विधामा नयाँ कीर्तिमानसमेत कायम गरेका छन्। आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पूरा गर्दै रजत पदक जितेका छन् भने एपीएफका सुरेन्द्रबहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते।
अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनएका आस्ले सापकोटा डंगोलले स्वर्ण पदक जितेकी छन्। उनले २७.८९ सेकेण्डमा दूरी पूरा गरिन्। आर्मीकी गौरिका सिंहले २८.२९ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दूरी पूरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन्।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका अलेकजेण्डर शाहले २३.८७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेका छन्। त्यसैगरी, पुलिसका शंखबहादुर रघुवंशीले २४.५३ सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपीएफका तेन्जिङ नाम्दीरयान गुरुङले २५.८२ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जिते। ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ।
पौडी प्रतियोगितामा आर्मीकी दुवाना लामाले ९ स्वर्ण, १ रजतसहित १० पदक जितेकी छन् भने आर्मीकै नासिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्यसहित १० पदक जितेका छन्।
एनआरएनएका एस्ले सापकोटा डंगोलले ६ स्वर्ण, २ रजतसहित ८ पदक र आर्मीकी गौरिका सिंहले ५ स्वर्ण, १ रजतसहित ६ पदक जितेकी छन्। पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







