पुरुष हक्कीः दुई विभागिय टिम पुलिस र आर्मीको भेट फाईनलमा पक्का


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




पोखरा,कार्तिक २ गते । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हकीको फाईनलमा नेपाल आर्मी र पुलिस विच भिडन्त हुने पक्का भएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा जारी खेलमा आज आर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई पराजित गरि दुवै टिमविच विहीबार हुने फाईनलमा भेट पक्का गरेका हुन् ।

बुधबार भएको पहिलो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । टिमलाई विजयी बनाउनका लागि नेपाल आर्मीका देवसिं धामी एक्लैले ४ गोल गरेका थिए । उनले खेलको ४ औ, १५औ, २२ औ र २९ औ मिनेटमा गोल गरेका हुन् । खेलको ५ औ मिन्टमा रोमन रानाले गोल गरे ।

त्यसैगरि ९ औ मिनेटमा राजेन्द्र कार्कीले गोल गरे । १३ औ र २१ औ मिनेटमा दिपेन्द्र ऐरले गोल गरेका थिए भने खेलको २३ औ र ३६ औ मिनेटमा प्रदिप राजवंशीले गोल गरेका थिए । ४० औ र ४४ औ मिनेटमा गणेश टमटाले गोल गरेका थिए भने ४८ औ मिनेटमा मिन बहादुर थानेतले गोल गरे ।

त्यसैगरि दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिससंग ४–० गोल अन्तरले पराजित भएको छ । पुलिसका श्रवण कुमारले खेलको १३ औ र २५ औ मिनेटमा गोल गरेका थिए भने १७ औ र १९ औ मिनेटमा महेश धामीले गोल गरे ।

विहीबार तेस्रो उपाधीका लागि गण्डकी र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुने छ । सोमबार समुह लिग चरणको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको थियो भने अन्तिम चारमा मंगलबार कर्णालीले बागमती प्रदेशलाई पराजित गरेको थियो ।

कुल ९ टिम सहभागी प्रतियोगितामा समूह क बाट प्रदेश १, सुदुरपश्चिम, मधेश, समुह ख बाट बागमती र लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।