पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डीमा उपाधीका लागि पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश तथा महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लव भिड्दै छन् ।
प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई २७ – १० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा पराजयसँगै सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरीले फाइनल यात्रा टङ्ग्याउँदै कास्य पदक प्राप्त गरे ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेशलाई २३–६ पोइन्टले सेमीफाइनलमा पन्छाएको डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवसँग नेपाल पुलिस क्लवले उपाधीका आम्नेसाम्ने हुँदै छ । पुलिसले सेमिफाइनलमा अर्को विभागिय सशस्त्र प्रहरी वललाई ३२–२९ पोइन्टले रोक्दै आर्मीसँग आम्नेसाम्ने हुन लागेको हो । समान ३ खेलमा जित र २ मा पराजय बेहोरेका लुम्बिनी र सशस्त्र प्रहरी बल कास्य पदकमा चित्त बुझाउन बाध्य भएका हुन् ।

प्रतियोगिताको फाइनलमा पुगेका ४ वटै टोली लिग चरणदेखि नै अपराजित रहँदै समुह विजेता बन्दै उपाधी होडमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको फाइनलिस्ट आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तथा महिला कबड्डीको स्वर्ण विजेता हो ।
यही असोज ३० गतेदेखि जारी प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







