पोखरा–५ मालेपाटनमा नेकपा एमाले, कास्की निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को चुनाव परिचालन सम्पर्क कार्यालय खोलिएको छ।
नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, क्षेत्र नम्बर ३, प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी, प्रदेश सभा ३ ‘ख’ उम्मेदवार राजीव पहारी, समानुपातिक उम्मेदवार लालकाजी गुरुङलगायतले बिहीबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस पटकको निर्वाचनमा कास्कीका संपूर्ण उम्मेदवारहरुलाई विजयी गराउन एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए। सो अवसरमा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले समग्र कास्कीको विकासका लागि आफूहरुलाई विजयी गराउन मतदातासँग आग्रह गरे। एनले विकासप्रेमी कस्केली जनताको इच्छा आकांक्षा पूरा गर्ने योजना एमालेकै उम्मेदवारहरुसँग भएको बताए।
जनताको सपाना साकार पार्न सूर्यमा मतदान गरी एमाले उम्मेदवारहरुलाई विजयी गराउन कस्केली जनतासँग उम्मेदवारहरुको अनुरोध छ।
समारोहमा पार्टीका केन्द्रीय अनुशासन समिति सदस्य मित्रकुमारी सुवेदी, सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, प्रदेश कमिटि सचिवालय सदस्य पुण्यप्रसाद पौडेल तथा एमाले नेताहरु लिलाधर पौडेल, विष्णुबहादुर केसी, दिलिपविक्रम शाही, तेजनाराण अधिकारी, धनबहादुर नेपालीलगायतको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





