देशको अस्तित्व जोगाउन एमालेलाई मत: एमाले उम्मेदवार कार्की


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले देशको अस्तित्व रक्षाको लागि एमालेलाई मत दिन मतदातालाई आग्रह गरेका छन्।

पोखरा वडा न ७ मा एमाले निर्वाचन परिचालन कमिटिको कार्यालयको विहिवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको जगेर्ना र देश विकास एमालेले मात्रै गर्न सक्ने कुरा विगतका सरकारहरूलाई मात्रै हेर्दा पनि प्रमाणित भैसकेको हुँदा आम जनतालाई आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे।

कार्कीले देशको स्वाभिमान उँचो बनाउनेतर्फ र अधुरा विकासको पूर्णताको लागि आफू चुनावी मैदानमा आएको प्रष्ट पारे।
निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाले एमाले विकासको अर्को पर्याय र देश विकासको एक मात्रै निर्विकल्प पार्टी भएको जिकिर गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।