बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य ईकाइमा अल्ट्रासाउण्ड (भिडियो एक्सरे मेशिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ ।
लायन्स क्लब अफ स्वीन्डोन चौतारी बेलायत तथा बेलायतमा बस्ने नेपालीले संकलन गरेको सहयोगले बेलायतमै खरिद गरिएको अल्ट्रासाउण्ड मेशिन धम्जा सामुदायिक स्वास्थ्य इकाइलाई सहयोग गरिएको हो ।
गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सरे मेशिन धम्जा सामुदायिक स्वास्थ्य ईकाइलाई सहयोग स्वरूप प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिइन् । दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाउँका महिला भिडियो एक्सरेको सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिए ।
भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एकजना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







