बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्।
जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन्।
तर, नयाँ प्रधानमन्त्री नचुनिएसम्म सरकारको नेतृत्व उनी आफैँले सम्हाल्नेछिन्। नेपाली समयअनुसार बिहीबार साँझ उनले डाउन स्ट्रिट बाहिर एक विज्ञप्तिमार्फत् कन्जरभेटिव पार्टीको नेता र प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन्। उनले अर्को हप्ताभित्र पार्टीको नयाँ नेतृत्व चयन भइसक्ने बताएकी छन्।
असफल बजेट र अस्थिर अर्थतन्त्रलाई व्यवस्थापन गर्न नसकेको भन्दै उनकै पार्टीबाट उनको कडा आलोचना भइरहेको थियो।
उनले आफू विश्वले ठूलो आर्थिक संकटको सामना गरिरहेका बेला सरकारको नेतृत्वमा आएको र युक्रेन युद्धका कारण अर्थतन्त्र बिग्रिएको बताएकी छन्।
साथै उनले आफूले पार्टीबाट पाएको आदेशको डेलिभर गर्न नसकेको स्वीकार गरेकी छन्।
ट्रसले गएको सेप्टेम्बर ६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







