युरोपियन युनियन (ईयु)ले इरानी ड्रोन उत्पादक र सेनाका उच्च अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको छ।
ईयुको आधिकारिक जर्नलमा राखिएको काउन्सिल इम्प्लिमेन्टिङ रेगुलेसनका अनुसार इरानी ड्रोन उत्पादक शहेद एभिएसन इन्डस्ट्रिज र ३ जेनेरललाई प्रतिबन्ध लगाएको छ।
युक्रेनविरुद्ध रुसको अव्यवहारिक र अन्यायपूर्ण आक्रामक युद्धका लागि इरानी शासनले सहयोग गरेको भन्दै ईयुले प्रतिबन्ध लगाएको हो।
मानवरहित सवारीको विकास र डेलिभरीमा संलग्न शहेद एभिएसन इन्डस्ट्रिज र उच्च पदस्थ ३ सैनिक अधिकारीलाई प्रतिबन्ध लगाइएको ईयुले बताएको छ। उनीहरूलाई ईयुले कालो सूचीमा राखेको छ।
युरोपेली व्यवसायलाई ईयुको कालो सूचीमा रहेका व्यक्तिहरूसँग सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको छ। यस्तै, कालो सूचीमा परेका व्यक्तिहरूलाई युरोपेली बैंकको पहुँचबाट वञ्चित गरिएको छ भने त्यहाँ भएको उनीहरूको पैसालाई फ्रिज गरिएको छ।
ईयुले यसअघि १६ अक्टोबरमा ११ जना इरानी नागरिक र ४ संगठनमाथि प्रतिबन्ध लगाउँदै कालो सूचीमा राखेको थियो।
तास
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







