गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने: महासचिव भुसाल


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताए ।

उनले आउँदो चुनावमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए । महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।

शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए । महासचिव भुसालले आउँदो चुनावमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए ।

उनले गएको वैशाख ३० गते भएको पालिका तहको चुनावमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।