राजनीतिज्ञ एवं पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
नेपाली काँग्रेसकी नेतृ श्रेष्ठमा पछिल्लो समय निमोनियालगायतको स्वास्थ्य थियो। श्रेष्ठको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। श्रेष्ठलाई गएको असोज २५ गते भर्ना गरी ५ दिनपछि घर लगिएको थियो। तर पुन: स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो। श्रेष्ठ अविवाहित हुन्।
आज बिहान उपचारका क्रममा श्रेष्ठको निधन भएको धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिएका छन्। विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा मैयाँदेवी जन्म भएको थियो।
श्रेष्ठको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि १ घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने चितवन काँग्रेसले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





