पोखरा महानगरपालिका–१४ मा नेकपा एमालेले चुनाव प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ।
कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पार्टीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानीयका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पार्टीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए।
उनले वडावासीको हितका पक्षमा आफू सदैव लागिरहने बताउँदै एमालेलाई मंसीर ४ गते हुने निर्वाचनमा पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान गर्न सबै मतदातामा अनुरोध गरे ।
कार्यक्रममा प्रत्येक दिन वडाबासीका घरदैलोमा जाने र एमाले पार्टीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको एमाले नेता पसबहादुर बास्तोलाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







