पोखरा । कास्की जिल्लामा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । माछापूच्छ्रे गाउँपालिका वडा नं.२ खैमराङ बस्दै आएका ३३ वर्षीय आइत सिंह तामाङ एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
शनिबार बिहान करिब ८:३० बजे सोही स्थानमा बारीमा घाँस काट्दै गरेकी महिलालाई गोलीको छर्रा लागेर घाइते भएकी थिइन् । सोही घटनाको अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीले उल्लेख गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







