नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन्।
भरतपोखरीका जनताले महानगरबासी भएको अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजनाअनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको उल्लेख गरे। एनले वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिएपनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए।
भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग कार्कीले भेटघाट गरेका थिए।
ती योजनासँगै सो वडाका आधा दर्जन बढी बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए।
सो वडाका महत्वपूर्ण स्थानमा सेती नदि माथि थप मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको दूरी छोट्याउने काम गर्ने र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुंगा सावित हुने उनको भनाई छ।
उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधासम्पन्न अस्पताल निर्माण गरी जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





