पोखरा भैरवटोलमा रक्तदान, ६३ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरवको आयोजनामा रक्तदान गरिएको छ ।

पोखरा महानगरपालिका–२ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्रांगणमा आयोजित रक्तदानमा ६३ जनाले रक्तदान गरे।

लायन्स क्लब ईन्टरनेस्नल डिष्टिक ३२५ के नेपालको डिष्टिक गर्भनर राजेन्द्रकुमार बाटाजू प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। १२ भैरव समितिका सदस्य स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतले रक्तदान गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।