नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकामा शुभकामना आदान–प्रदान


     जुना थापा     
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाले नेपालीहरुको महान पर्व तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाका अध्यक्ष चन्द्रमणि अधिकारीले तिहार तथा छठ पर्वको शुभकामना दिँदै नेराशिसंको स्थापना शिक्षकको हकहित र अधिकारका लागि मात्र स्थापना नभएको बताए।

उनले गुणस्तरीय शिक्षा र शैक्षिक सुशासनका लागि पनि नेराशिसंको स्थापना भएको उल्लेख गरे। आफ्नो कर्मथलोमा क्रियाशीलता पूर्वक जिम्मेवारी निर्वाह गर्न शिक्षकसमक्ष अधिकारीको आग्रह थियो।

कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, पेशागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद पौडेल, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गरुङ, नेराशिसंघ कास्कीका सचिव तीर्थराज ढकाल, नेराशिसं मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

पोखरा महानगर वडा नम्बर १३ पाटनबेंसी दुधपोखरीचोकमा भएको कार्यक्रमको अध्यक्षता नेराशिसं मादी गाउँपालिका अध्यक्ष चन्द्रमणि अधिकारीले गरेका थिए भने सचिव नारायण सापकोटाले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।