भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।
बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगन्ज इलाकामा आगलागी भएको हो।
अधिकारीहरूका अनुसार विद्युत् चुहावट भई सुरु भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिन्डर विस्फोट भएको थियो।
‘स्थानीय समयानुसार बिहान २:३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन्। एक्कासी, भवनमा आगो लाग्यो र सबैतिर फैलियो। त्यसपछि हामी भाग्न थाल्यौँ। तर, दौडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नुपहिले नै खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो। यसै कारण धेरै मानिस घाइते भए,’ परिवारका लगभग २० सदस्य घाइते बनेका स्थानीय व्यापारी अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए।
आगलागीपछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। आगो निभाउने क्रममा ७ प्रहरी र केही स्थानीयवासी समेत आगोले पोलेर घाइते भएका जनाइएको छ।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







