पाँच दलीय गठबन्धनबाट कास्कीको निर्वाचन क्षेत्र नं ३ (१)का उम्मेदवार दुर्गादत्त भण्डारीले माछापुच्छ«े गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्।
चुनावी घरदैलोका क्रममा माछापुच्छ«े वडा नं ८ र ९ का विभिन्न स्थानमा पुगेका उम्मेदवार भण्डारीले माछापुच्छ«े गाउँपालिका पर्यटकीय हिसावले जिल्लामै उत्कृष्ट रहेकाले पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
उनले ल्वाङबाट खानी गाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथको नयाँ बाटो निर्माण आफूहरुको प्राथमिकतामा रहेको बताए। उनले पर्यटकीय गाउँ ल्वाङलाई पक्की कालोपत्रे सडकबाट जोड्ने र घलेल हुँदै कालीमाटी सिदिङसम्मको सडक पक्की बनाइने प्रतिवद्धता जनाए। उम्मेदवार भण्डारीले भने, ‘कालोपत्र हुन बाँकी वडा नं ८ र ९ का मुख्य सडकहरुलाई पक्की बनाउन मेरो तर्फबाट पहल गर्नेछु।’
भण्डारीले मर्दी हिमाल पदयात्रा मार्गलाई व्यवस्थित गरी धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए। गठबन्धनका साझा उम्मेदवार भण्डारीले घरदैलोका क्रममा जनताका गुनासा र आवश्यकतालाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदै आएका छन्।
घरदैलोमा गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







