कास्कीको अन्नपूर्ण गाउँपालिकाको दाङसिङ, मोहोरीया, साक्र्युलगायतका स्थानीयबासीले यसपाली ५ दलीय गठबन्धनका नयाँ अनुहारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।
५ दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल ‘जीवन’ र प्रकाश बराल आफ्नो चुनावी अभियानअन्र्तगत जनतासँगको घरदैलो कार्यक्रममा सोमबार उक्त स्थानमा पुगेको बेला उम्मेदवारहरुसंगको भेटमा स्थानीयले यस्तो प्रतिबद्धता जनाएका हुन्।
यसअघिका निर्वाचित जनप्रतिनिधिहरु विकासको नाममा ५ बर्षको अन्तरालमा गाँउसमेत नफर्किएकोले यसपाली भने नयाँ अनुहारलाई एक पटक मत दिने स्थानीयले बताएका छन्। स्थानीयले यसपाली नयाँ अनुहार गठबन्धनका उमेदवारहरुलाई मतदान गर्ने र सो क्षेत्रको विकास निर्माण र जनताको दु:ख सुखमा समेत साथ दिन आग्रह गरे।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल ‘जीवन’ र गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३ (२) का प्रत्यासी प्रदेशसभा सदस्य प्रकाश बरालले एक पटक आफुहरुलाई जनताले विश्वास गरेमा सो क्षेत्रको विकास निर्माणमा समन्वय गरी अघि बढ्ने वचन दिए।
जनताको पहिलो आवश्यकताको आधारमा छलफल र बहस गरी त्यस्ता योजनालाई उच्च प्रथामिकता दिदै विकास निर्माणसँगै जनताको घर आगनमा निरन्तर आउने दुबै उम्मेदवारको भनाई थियो।
उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत हुन भने प्रकाश जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन्। केही दिनदेखि अन्नपूर्ण गाउँपालिकाको विभिन्न गाँउ तथा टोल–टोलमा जनतासमक्ष पुग्दा नयाँ अनुहारका उमेदवारप्रति निकै उत्साहित र आशाबादी हुँदै स्थानीयले आशिर्बाद दिँदै जनताका पक्षमा र सामुहिक हितमा काम गर्न सुझाव दिए।
कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मूल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका पक्षधरले उम्मेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







