पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।
अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् ।
अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको जोड छ ।
उनले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आफ्नो तर्फबाट सक्दो भूभिका निर्वाह गर्ने बताईन् ।
डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै मतदाताको अपेक्षा अनुसार आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रदेश सभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. छममाया पुनले विकास र समृद्धिको अभियानलाई अघि बढाउन सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिईन् । उनले पार्टीले मेडिकल क्षेत्रलाई सम्वोधन गरेकोमा आवार व्यक्त गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






