पोखरा । पोखरा स्थित स्टेप बाई स्टेप मा.वि. मासवारमा कक्षा ९ र १० का विद्यार्थी बिच नेपाली वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोश्नी पाठक प्रथम , सुदर्शन वराल दितीय, प्रकृती शर्मा तृतीय तथा प्राप्ती अधिकारी र अनमोल खडका सान्त्वना हुन सफल भएका थिए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य दिपक गिरीले विद्यालयमा गरिने यस्ता खालका वक्तृत्वकला प्रतियोगिताहरुले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । साथै उनले विद्यार्थी जीवनमा सिकेका यस्ता खालका वक्तृत्वकलाहरु अनुशरण गरि अगाडि बढ्न आग्रह गरे ।
विद्यालयका को–ओरडिनेटर सूर्यप्रसाद लम्साल र लक्ष्मण भण्डारीले मूल्याङ्कन गरेको कार्यक्रमको सञ्चालन विज्ञान विभाग प्रमुख युवराज लामिछानेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







