जडिबुटि र दुग्धजन्य पदार्थको उचित व्यवस्थानका लागि काम गर्छु : कँडेल


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव प्रसाद कँडेलले कास्कीलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

आफ्नो चुनावी घरदैलो अभियानमा हिडेँका उनले आफुले जडिवुटि र दुग्धजन्य पदार्थको उत्पादन र उचित बजार व्यवस्थापनका लागि काम गर्ने बताए । उनले मतदातासँग भेट्दै स्थानीय स्तरमा उत्पादन हुने कृषिलाई समेत जोड दिने बताए ।

‘बहुमुल्य जडिबुटि तथा दुग्धजन्य पदार्थ उत्पादक कृषकहरुलाई विशेष सहुलियत तथा उचित बजार व्यवस्थापनको लागि काम गर्नेछु’ उनले भने, जसका लागि सडक सञ्जालको लागि आवश्यक छ । क्षेत्रभित्र रहेका मुख्य र सहायक सडकहरु विस्तार र गुणस्तरीय स्तरोन्नतिको कार्य गर्नेछु ।’ उनले आफ्ना विशेष प्राथमिकतामा शिक्षा प्रमुख रहेको बताए । शिक्षाको विकासले मात्रै राष्ट्रको विकास हुने उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।