पोखरा । गण्डकी प्रदेश सभा सदस्य पदका लागि नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने विकासका योजना सार्वजनिक गरेका छन् ।
उम्मेदवार कार्कीले शुक्रवार सामाजिक संजाल मार्फत आफ्नो प्रतिवद्वतापत्र (मेरो उम्मेदवारी किन ?) सार्वजनिक गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफू र आफ्नो पार्टीले स्पष्ट भिजन र योजना सहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् ।
उनले देश हाक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन , राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण, मितव्ययी स्वाललम्बी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा बिद्यमान महँगी,भष्ट्राचार निर्मुल गर्ने,पोखराका ग्रामिण भेग रहेका वडाहरूको पर्यटकीय विकास सहित ग्रीन हिल सिटिको अवधारणा अगाडि बढाउने,गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्त्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचकाङ्कहरूलाइ अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको कार्कीले प्रतिवद्वतापत्रमा उल्लेख गरेका छन् ।
उनले महिला र युवा सशक्तिकरण सहित स्वदेशमै रोजगारी, आधुनिक व्यवसायिक कृषिको विकासमा महत्वपूर्ण ध्यान केन्द्रीत गर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाइ पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
उम्मेदवार कार्कीले पूर्ववर्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





