आज अंग्रेजी नोभेम्बर महिनाको ८ तारिक अर्थात अन्तर्राष्ट्रिय रेडियोग्राफी दिवस।
आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाएर यो दिवस मनाइन्छ।
हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइँदै आएको हो। विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेको सम्झनामा यो दिवस मनाइन्छ। रेडियोग्राफीलाई सामान्यतया हामी एक्स–रे अथवा विकिरण भनेर बुझिने प्रविधिको आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ।
एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स–रे उपकरणहरु रेडियोग्राफीका उपकरणहरु हुन्।
एक्स–रेले शरीरभित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए–नभएको कुरा पत्ता लगाउँदछ। फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अंगहरुको तस्बीर खिचेर जाँच्न मिल्दछ भने एमआरआईले हाम्रो शरीरका तन्तुहरुको २डी र ३डी को नक्शा नै तयार गर्दछ। त्यस्तै, एनजीओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुका साथै तिनीहरुमा सहज रक्तसंचार भए–नभएको कुरा पत्ता लगाउँदछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







