पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट लागुऔषधसहित हेमन्त थापामगर पक्राउ परेका छन्।
पोखरा महानगपालिका–३० बस्दै आएका हेमन्तलाई कास्की प्रहरीले बुधबार साँझ लागु औषसहित पक्राउ गरेको हो।
हेमन्तको साथबाट नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट म्याद थप गरी हेमन्तलाई अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







